राममणि द्वारा सरसफाई तथा जनचेतना कार्यक्रम ।

आज मिति २०७५ जेष्ठ १५ गते ११औ गणतन्त्र दिवस को दिन राममणि बहुमुखी क्याम्पस विस्तारीत समितिको आयोजना तथा तिलोत्तमा नगरपालिका को सहकार्यमा ति.न.पा. वार्ड नं. १० शान्तिनगर टोललाई नमुना गाउको रुपमा विकास गर्ने योजना सहित सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । समतिका अध्यक्ष यज्ञ मूर्ति गैरेको अध्यक्षयतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि श्री बासु देव घिमिरे को प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष रोमणि प्रसाद पाठकले क्याम्पसले वस्तिको सरसफाई स्वास्थ्य तथा शैक्षिक विकासका लािग सबै किसिमका आवस्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि बासुदेव घिमिरेले यस्ता कार्यक्रममा नगरपालिकाले सधै क्याम्पस संग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उक्त कार्यक्रममा नगरपालिकाको उपमेयर कार्यकारी प्रमुख तथा क्याम्पस संचालक समितिका पदाधिकारीहरु, प्राध्यापकहरु, कर्मचारीहरु तथा विद्यार्थीहरु र स्थानिय वासिन्दा को उल्लेख्निय सहभागिता रहेको थियो । उक्त कार्यक्रमा शान्तिनगर गाँउ लाई शिक्षा, स्वास्थ्य, रोजगारी, चेतनामुलक कार्यक्रम, सिपमुलक कार्यक्रम मार्फत शसक्तिकरण गर्ने कार्यक्रमको जानकारी गराउँदै कार्यक्रमको संचालन क्याम्पस प्रमुख श्री मोहनराज शर्मा ले गर्नुभएको जानकारी श्री विष्णु प्रसाद भुसाल ज्यू ले गराउनु भयो ।