मणिग्राम, १० फाल्गुण, आइतबार । रूपन्देहीको मणिग्राममा सञ्चालित क्यू.ए.ए. प्राप्त संस्था राममणि बहुमुखी क्याम्पसको ३२ औं वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापहरू सम्पन्न भएका छन् । क्याम्पसले यही फाल्गुण १२ गते (भोलि÷सोमबार) सञ्चालन गर्ने वार्षिकोत्सवका अवसरमा खेलकुद तथा अतिरिक्त क्रियाकलापका प्रतियोगिता सम्पन्न भएका हुन् । क्याम्पसमा आज (आइतबार) सम्पन्न खुल्ला कविता प्रतियोगितामा कक्षा १२ विज्ञान समूहका गोविन गैह्रे पहिलो, कक्षा १२ व्यवस्थापन समूहका बसन्तराज गिरी दोस्रो र वी.ए. पहिलो वर्षकी मनिषा भण्डारी तथा वी.वी.एस. पहिलो वर्षका लिलाधर भण्डारी तेस्रो भएका छन् । निबन्ध प्रतियोगितामा वी.ए. पहिलो वर्षका महिमा बस्नेत पहिलो, कक्षा १२ व्यवस्थापनका तुल्सीराम भट्टराई र वी.ए. पहिलो वर्षका मनिषा भण्डारी दोस्रो तथा विज्ञान समूहका गोविन गैह्रे तेस्रो भएका छन् । त्यसैगरी, हाजिरीजवाफ प्रतियोगितामा वी.वी.एस. पहिलो वर्षका लिलाधर बस्यालको समूह र वी.ए. तेस्रो वर्षका नारायण पाण्डेको समूह पहिलो भएका छन् । त्यस्तै वी.वी.एस. दोस्रो वर्षका किसन मालीको समूह दोस्रो भएको छ । प्रतियोगितामा तेस्रो हुुने तीनवटा समूहमाः वी.एड. पहिलो वर्षको शिवा अर्यालको समूह, कक्षा १२ को बसन्तराज गिरीको समूह र वी.वी.एस. तेस्रो वर्षका विक्रम रसालीको समूह रहेका छन् । खेलकुदमा फूटबलतर्फ वी.वी.एस. दोस्रो वर्षका प्रविन थापाको समूह पहिलो भएको छ भने वी.वी.एस. दोस्रो वर्षका अनुप थापाको समूह दोस्रो भएको छ । त्यस्तैः क्रिकेटमा विज्ञान समूहका आकाश पाठकको समूह पहिलो र वी.वी.एस. दोस्रो वर्षका प्रविन थापाको समूह दोस्रा भएका छन् । यसैगरी, छात्र बास्केटबलतर्फ वी.वी.एस. दोस्रो वर्षका प्रविन थापाको समूह पहिलो र वी.वी.एस. तेस्रो वर्षका विष्णु खनालको समूह दोस्रो भएका छन् । छात्राहरूको बास्केटबलतर्फ वी.वी.एस. पहिलो वर्षका चन्दा सारूमगरको समूह पहिलो र प्लस टु का निकिशा चौधरीको समूह दोस्रो भएका छन् । त्यसैगरी, छात्र दौडमा वी.वी.एस. पहिलो वर्षका मनिष आले पहिलो, वी.वी.एस. तेस्रो वर्षका विष्णु खनाल दोस्रो र वी.वी.एस. दोस्रो वर्षका प्रविन थापा तेस्रो भएका छन् । छात्रा दौडमा वी.ए. पहिलो वर्षका मनिषा भण्डारी पहिलो, वी.एड. पहिलो वर्षका श्रीकला चौधरी दोस्रो र वी.वी.एस. दोस्रो वर्षका अञ्जना भट्टराई तेस्रो भएका छन् । साङ्गितीक कुर्ची दौड प्रतियोगितामा वी.एड. पहिलो वर्षका सपना अर्याल पहिलो, वी.ए. पहिलो वर्षका विष्णु थापा दोस्रो र वी.एड. तेस्रो वर्षका मनिषा भण्डारी तेस्रो भएका छन् । छेलो फाल्ने (शुटपुट थ्रो) मा छात्रतर्फ वी.वी.एस. पहिलो वर्षका आशीष पाण्डे पहिलो, सुजन आचार्य दोस्रो र विष्णु खनाल तथा ललित गुरूङ् तेस्रो भएका छन् । त्यस्तैः छेलो फाल्ने (शुटपुट थ्रो) मा छात्रातर्फ वी.एड. पहिलो वर्षका सुनिता पुन पहिलो, वी.वी.एस. पहिलो वर्षका चन्द्रा सारू दोस्रो र वी.एड. पहिलो वर्षका प्रतिमा भण्डारी तथा दीक्षा सराङ्कोटी तेस्रो भएका छन् ।