Activites

Industry–Academia Talk : Understanding Businesses Through Dialogue
  • 11 Feb
  • 2026

Industry–Academia Talk : Understanding Businesses Through Dialogue

मणिग्राम २२ माघ, बिहीबार । 

सरकारले उत्पादन र निर्यातमुखी सशक्त नीति लिएको खण्डमा नेपालमा उद्योगको राम्रो सम्भावना रहेको रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा उद्योगीहरूले निष्कर्ष निकालेका छन् । 
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा इण्डष्ट्रि–एकेडेमिया टक (उद्योगीसँग प्राज्ञिक बहस) का सहभागीले यस्तो निष्कर्ष निकालेका हुन् । ‘अण्डरस्ट्याण्टिङ् बिजनेस थु्र डायलग’ अर्थात् संवादमार्फत् व्यवसाय बुझ्ने उद्देश्य सहित सञ्चालित कार्यक्रममा उद्योगी, प्राध्यापक र विद्यार्थीबीच प्राज्ञिक–व्यवहारिक विमर्श भएको थियो । 

क्याम्पसको व्यवस्थापन तथा अर्थशास्त्र विभागले आयोजना गरेको कार्यक्रममा उद्योगीद्वयः एस आर गु्रप इण्डष्ट्रिजका प्रबन्ध निर्देशक सुरज उप्रेती र दुर्गालक्ष्मी इञ्जिनियरिङ् एण्ड अल्मुनियम इण्डष्ट्रिजका प्रबन्ध निर्देशक माधव रेग्मीले औद्योगिक जगतका आफ्ना अनुभव तथा सम्भावना सहित छलफल गर्नुभएको थियो । सोही अवसरमा पेशाले उद्योगी समेत रहनुभएका राममणि बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले अध्ययन, सोच र आँट भएमा औद्योगिक यात्रा सफल हुने बताउनुभयो । 

वृत्तिउन्मुख सिकाइका लागि क्याम्पसले प्रयोगात्मक प्राज्ञिक कार्य गर्दै आएको क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले बताउनुभयो । 

व्यवस्थापन तथा अर्थशास्त्र विभागका संयोजक जगन्नाथ बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डे, व्यवस्थापन विभागका संयोजक राजेन्द्र थापा, पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा लगायत प्राध्यापक, एम.बी.एस्. तथा बी.बी.एस्.का विद्यार्थी लगायतको उपस्थिति थियो । 

उपप्राध्यापक कृष्णकुमार रेग्मीको स्वागत, क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीको मध्यस्थता (मोडरेशन) तथा उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

WhatsApp