News and Events

  • Home -
  • News & Events -
  • प्राध्यापकहरूका लागि सञ्चालित लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण कार्यक्रम
प्राध्यापकहरूका लागि सञ्चालित लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण  कार्यक्रम
  • 11 Sep
  • 2026

प्राध्यापकहरूका लागि सञ्चालित लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण कार्यक्रम

मणिग्राम, २८ वैशाख, सोमबार ।

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसका प्राध्यापकहरूका लागि सञ्चालित लघु अनुसन्धान परियोजना अन्तर्गत अनुसन्धान प्रस्तुतिकरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पसमा आयोजित एक कार्यक्रमबीच ४ जना प्राध्यापकहरूले आफ्ना अनुसन्धान कार्यको प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पसका उपप्राध्यापकहरूः तारा प्रसाद पराजुुली, माया घिमिरे, कृष्णकुमार रेग्मी र मुक्तिनाथ गैह्रेले आफूले सम्पादन गरेको अनुसन्धान कार्यको प्रस्तुतिकरण दिनुभएको थियो ।

क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा संयोजक डा. भण्डारी सहित उपस्थित अन्य प्राध्यापकहरूले जिज्ञासा तथा सुझाव राख्नुभएको थियो ।

सो अवसरमा बोल्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले कक्षाकोठा, क्याम्पसका अन्य प्राज्ञिक कार्य, सामाजिक विकाश र प्राध्यापकहरूको अनुसन्धान कार्यक्षमता अभिवृद्धिका लागि क्याम्पसले विभिन्न अनुसन्धानका कार्यहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।

सो अवसरमा अनुसन्धान व्यवस्थापन समितिका संयोजक डा. अशोक भण्डारीले क्याम्पसको गुणस्तर त्यहाँका प्राध्यापकहरूको अनुसन्धनात्मक प्रगतिमा समेत आधारित हुने हुँदा सबै प्राध्यापकहरूलाई समाहित गर्न तालिमहरू समेत सञ्चालन गर्दै आएको बताउनुभयो ।
 
 
 
WhatsApp