News and Events

  • Home -
  • News & Events -
  • “Interaction on Different Contexts, Common Aspirations(भिन्न परिवेश, साझा आकांक्षा)”- 12 August 2026 | 2083-04-27
“Interaction on Different Contexts, Common Aspirations(भिन्न परिवेश, साझा आकांक्षा)”- 12 August 2026 | 2083-04-27
  • 11 Sep
  • 2026

“Interaction on Different Contexts, Common Aspirations(भिन्न परिवेश, साझा आकांक्षा)”- 12 August 2026 | 2083-04-27

मणिग्राम, २७ श्रावण, बुधबार ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पस,  विद्यार्थी गुणस्तर समूहको आयोजनामा  अन्तक्र्रियात्मक प्रशिक्षण आज (बुधबार) सम्पन्न भएको छ ।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले तय गरेको मूल सन्देश “भिन्न परिवेश, साझा आकांक्षा” (Different Contexts, Common Aspirations) मा आधारित रही कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका श्रोतव्यक्ति प्राज्ञिक व्यक्तित्व एवम् युवा उद्यमी, मणिग्राम विश्राम बाटिकाका प्रबन्ध निर्देशक प्रणदा आचार्य दीक्षितले नेपाली युवाशक्तिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावबारे प्रकाश पार्नुभएको थियो । आफूले युरोपमा अध्ययन गरेपनि नेपालबाटै विस्तारित रूपमा अघि बढ्नका लागि नेपाली सँस्कृतिमा आधारित रही आतिथ्य सत्कार एवम् पर्यटन विकासको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

विद्यार्थी गुणस्तर समूहका सृजना काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा भाग लिँदै विद्यार्थीहरू चन्दा थापा, अनिषा न्यौपाने, प्राध्यापकहरू डा. अशोक भण्डारी, मुक्तिनाथ गैह्रे लगायतले जिज्ञासा राख्नुभएको थियो ।

सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेको स्वागतमा भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले जस्तोसुकै वर्गमा जन्म भएपनि जीवनको सफलता र प्रभाव परिश्रम गर्नेको पक्षमा रहने बताउनुभयो ।
कार्र्यक्रममा स्नातक तहका करिब १५० विद्यार्थी सहित प्राध्यापक र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

 

WhatsApp