News and Events

  • Home -
  • News & Events -
  • राममणि बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको शिलान्यास कार्यक्रम
राममणि बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको  शिलान्यास कार्यक्रम
  • 11 Sep
  • 2026

राममणि बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको शिलान्यास कार्यक्रम

मणिग्राम, १३ श्रावण, बुधबार ।

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा नयाँ बन्ने भवनको आज (बुधबार) एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा आयोजित कार्यक्रमबीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले भवन शिलान्यास गर्नुभएको हो ।
नेपाल सरकारको संघीय अनुदानबाट प्राप्त दुई करोड रूपियाँमा क्याम्पस पुस्तकालय तथा प्रशासनिक प्रयोजनका लागि लिफ्टसहितको चारतल्ले भवन निर्माण हुने क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले जानकारी दिनुभयो ।
क्याम्पसका सञ्चालक, क्याम्पस सभा सदस्य, चन्दादाता, प्राध्यापक, कर्मचारी, विद्यार्थी, स्थानीय बासी लगायतको उपस्थितिमा शिलान्यास कार्यक्रम भएको थियो ।

WhatsApp